खुकुरी प्रहारबाट ५० वर्षीया महिलाको हत्या: उदयपुर

प्रकाशित मिति :  225 पटक हेरिएको

काठमाडौं । उदयपुरको कटारी नगरपालिका-११ लखनथुम्का बस्ने ५० वर्षीया डोर कुमारी राउतको खुकुरी प्रहारबाट हत्या भएको छ । हत्याका आरोपित स्थानीय २५ वर्षीय बिनोद भन्ने रोशन राना मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिवार बिहान साँढे ८ बजेको समयमा घरमा नै बसीरहेकी राउतलाई निजकै घरमा आई मगरले एक्कासी लछार पछार गर्नुका साथै, साथमै बोकेको खुकुरीले शरिरका बिभिन्न ठाँऊमा अन्धाधुन्द प्रहार गर्दा राउतको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले घटना घटाई फरार रहेका मगरलाई कटारी नगरपालिका -११ हात्तीसुँडे स्थित जङ्गलबाट बिहान साँढे ११ बजे नियन्त्रणमा लिएको हो ।

घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया