कल्पना भुसालको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  505 पटक हेरिएको

दिल टुक्रा पर्छ अमूल्य समयको व्यर्थमा लगानी हुन्छ
अहँ! बुझिएन कसैलाई विश्वास गर्दा यति धेरै हानी हुन्छ

भगवान जिन्दगीबाट खोसे पनि यादमा जहिले सङ्गै हुन्छौँ
हरेक दिन जसो मेरो बुवाको तस्बिरसँग कुराकानी हुन्छ

विचार , व्यवहार सब भन्ने कुरा मात्र हुन लागु हुँदैन त्यती
प्यारमा पनि छुट्टिएको देखिन्छ जब एउटा खान्दानी हुन्छ

खुसीर सुखी हुन हो गाह्रो यहाँ दुख्न कत्ती गाह्रो छैन
कसैलाई साँचो प्रेम गर्नु पीडासँग चिनाजानी हुन्छ

अस्ति भाग्य ,हिजो समय आज जिन्दगीले झापड हान्यो
यस्तै छ उपलब्धि हरेक बिहान भिजेको सिरानी हुन्छ

तपाईको प्रतिक्रिया