उपा शंकरका तीन मुक्तक:

प्रकाशित मिति :  488 पटक हेरिएको

१) पेट पालिएकै छ, औकात एउटै देख्यो
जसरी घडिले दिन र रात एउटै देख्यो
छुवाछूतमुक्त समाजले मार्छ के थाहा
उ प्रेमी हो प्रेम गरिरह्यो,जात एउटै देख्यो

२) सम्झिए तिमीलाई हातमा जहर लिएर
जब आयौ तिमी बिहेको खबर लिएर
मरे त तिमीलाई देख्न कहाँ पाउला र ?
बाचेको छु तिम्रै खुसी हेर्ने रहर लिएर

३) चढौली नि डोलि भन्थ्यो प्रदेशीले
ल्याउछु नि चोली भन्थ्यो प्रदेशीले
बन्द भयो फेरि आउने जाने बाटो
आउछु नि भोलि भन्थ्यो प्रदेशीले

उपा शंकर
काभ्रे

तपाईको प्रतिक्रिया