अतित आचार्यको गजल: मलामी निस्कने छन रुँदै आँगनबाट मेरो लास बोकेर

  अस्मिता स्मृति प्रकाशित मिति :  927 पटक हेरिएको

आँखामा अधुरा सपना राखेर!मनमा आस बोकेर!
हरेक मानिस बाँचिरहेछन् यहाँ!मृत्युको त्रास बोकेर!

तिम्रो खुसीलाई मेराे जिन्दगीभन्दा माथि राख्नुकाे कारण!
धर्ती अडिएकाे देखेकाे छु! शिरमा आकाश बाेकेर!

हुन चाहन्नाै मेराे! भन्ने थाहा पाएकाे दिनदेखि !
झनै चाहन्छु म तिमीलाई! प्यार एकनास बाेकेर!

गर्दिन अब कुनै गुनासाे! टाढिएर गयाै भनेर!
बाँच्नेछु तिमी समीप भएकाे मीठाे आभास बाेकेर!

तिम्रा जन्ति हाँस्दै हाँस्दै डाेली सजाउँदै गर्दाखेरि!
मलामी निस्कनेछन् रुँदै! आँगनबाट मेराे लास बाेकेर।

अतित आचार्य
देवचुलि -१३ ,नवलपरासी

तपाईको प्रतिक्रिया