नेकपाभित्र एकता अपरिहार्य छ: ईश्वर पोखरेल

प्रकाशित मिति :  395 पटक हेरिएको

काठमाडौं । विचार, विधि र नेतृत्वमा उन्नतस्तरको एकता ज़िन्दावाद !
नेकपाले झन्झावातसित जुद्धै हालै आफ्नो स्थायी कमिटीको बैठक सफलताका साथ सम्पन्न गरेकोछ । चुनौती थिए- चुनौती देखिएका थिए।

तर उन्नस्तरको एकताको भावना र त्यस अनुरूपको प्रयत्न निर्णायक रह्यो ! यो एकताको कुरा गरिरहँदा आफैभित्र छरपस्ट देखिएका कमजोरीहरू लुकाउन खोजिएको होइन । तर सगर्व उद्घोष गर्नैपर्छ – तिनै कमजोरीहरूको टाउकोमा टेकेर एकताको उद्घोष गरिएको हो ।

त्यसैले यो मूल्यवान छ, जसको रक्षा गर्न- गरिरहन संकल्पवद्ध हुनैपर्छ । महाधिवेशन गर्ने औपचारिक घोषणा गरिएकोछ । प्रष्ट हुनैपर्छ – यो राष्ट्रिय मन्चले थप उचाइमा पुगेर विचारलाई स्थापित गर्नेछ, परिवर्तित सन्दर्भमा विधि निर्माण गर्नेछ र चलाकीका साथ परिवर्तनको ‘लिप सर्विस’ वा”लकिर का फकिर “ नभई परिवर्तनको वेगलाई गतिवान भएर सामना गर्ने नेतृत्व निर्माण गर्नेछ । त्यसैको लागि नेपाल कम्युनिष्ट पार्टीभित्रको एकता अपरिहार्य छ ! एकता जिन्दावाद !!

तपाईको प्रतिक्रिया