शिरीष ढकालको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  484 पटक हेरिएको

यार बनाउँछु म यहाँ प्यार बनाउँछु ,
प्रेममय अब सारा संसार बनाउँछु ।।

सत्कर्ममा सधैं मेरो ध्यान चित्त लाउँदै,
जति बाँच्छु जिन्दगी यादगार बनाउँछु ।

सत्कर्मैले हँसाउँनुछ दीन-दु:खीलाई ,
परोपकारको छुट्टै संस्कार बनाउँछु ।

मतिभ्रष्ट ब्वाँसा अतिनै छन् यो समाजमा,
हेर ती सबैलाई नाङ्गेझार बनाउँछु ।

थकाई मार्ने चौतारी बन्ने छ यो “शिरीष”,
प्यास मेटाउन आडैमा इनार बनाउँछु ।।

शिरीष ढकाल
मण्डनदेउपुर नगरपालिका-५, काभ्रे
हाल: दुबई, युएई

तपाईको प्रतिक्रिया