आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ: झापा

प्रकाशित मिति :  349 पटक हेरिएको

काठमाडौं । झापाको कमल गाँऊपालिका-७ बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेव आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

आईतवार राती ८ बजेको समयमा मादक पदार्थ सेवन गरी आफ्नै ५० वर्षीया आमा मिरा ऋषिदेवलाई धारिलो हतियार बन्चरोले प्रहार गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।

घटनाकाे सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले छोरा दिनेशलाई पक्राउ गरेको हो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

तपाईको प्रतिक्रिया