नेपालमा १ हजार १७० मा कोरोना पुष्टि, ८७९ जना डिस्चार्ज

प्रकाशित मिति :  242 पटक हेरिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १ सय ७० जनामा संक्रमण पुष्टि भएको बताए ।काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा थप २९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै सङ्क्रमितको सङ्ख्या ५५ हजार तीन सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,८७८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६,८९२ जना रहेका छन् । आइसोलेसनमा १५,३९३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै सोमबार थप ८७९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३९,५७६ पुगेको मन्त्रालयले जनाएको छ ।

आइसियूमा १७९ र भेन्टिलेटरमा २९ जनाको उपचार भइरहेको छ । त्यस्तै १० पुरुष र ५ महिला गरी थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।

तपाईको प्रतिक्रिया