कविता विश्वकर्माको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  536 पटक हेरिएको

हजुर माथि नै मैले हैकम चलाउन खोजेको हैन सानु
त्यो व्यक्तित्वमा मैले हक जताउन खोजेको हैन सानु

हरेक बातमा अनर्थ सोच्नु हुन्छ र त यो मन धेरै रुन्छ
टालटुले कुराले हजुरलाई नचाउन खोजेको हैन सानु

मलाई थाहा छ सम्बन्धमा विश्वास भरोसा हुनु पर्छ
झुट नै बोलेर हजुरलाई फकाउन खोजेको हैन सानु

मेरो निस्वार्थ साँचो माया बुझ्नु हुन्छ कहिले हजुरले
मनमुटाव गरेर जोरीपारी हँसाउन खोजेको हैन सानु

मेरो कल र म्यासेजले हजुरलाई बोझ तुल्याउने रैछ
त्यो मन दुखाउने हेतुले कराउन खोजेको हैन सानु

कविता विश्वकर्मा
काभ्रेपलाञ्चोक पाँचखाल-१
हाल काठमाडौं।

तपाईको प्रतिक्रिया