नारायणी अस्पताल वीरगञ्जमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु

प्रकाशित मिति :  194 पटक हेरिएको

काठमाडौं । पर्साको वीरगञ्जमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिला रहेही छन् ।

उनको नारायणी अस्पतालमा उपचारका क्रममा सोमबार साँझ सवा ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले पुष्टि गरेका छन् ।

कोरोना संक्रमित ती महिलालाई सोमबार बिहान सवा ११ बजे नारायणी अस्पतालमा भर्ना गरिएको थियो । मधुमेहको रोगी रहेकी ती महिलाको तत्कालै आइसीयूमा राखेर उपचार सुरु गरिएको थियो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । साउनयता मात्रै ५८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

वीरगञ्जमा मृत्यु भएका ६२ जनामध्ये ४१ जना पर्साका, बाराका १४, रौतहटका ४ जना र सर्लाहीका १ जना छन् । दुई जनाको भने ठेगाना खुलेको छैन ।

तपाईको प्रतिक्रिया