कोरोना संक्रमणबाट मकवानपुरका ६८ वर्षीय पुरुषको मृत्यु

प्रकाशित मिति :  449 पटक हेरिएको

मकवानपुर । कोरोना संक्रमणबाट मकवानपुरका एकजना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका- ८ सिमपानीका ६८ वर्षीय पुरुष रहेका छन ।

हिजो बिहान दूध पुर्याएर फर्केका उनी आफ्नो घरमा एक्कासि बेहोस भएर ढलेका थिए ।

जानकारी पाउन साथ गाउँपालिकाको स्वास्थ्यकर्मी पुग्दा उनको मृत्यु भइसकेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख टिकाराम अधिकारीले जानकारी दिए ।

स्वाब संकलन गरि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मृतकको रिपोर्ट पोजेटिभ आएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए ।

मृतक मुटु र दमका रोगी थिए ।

तपाईको प्रतिक्रिया