सबिता लामाको गजल: कति गुन सहनुपर्छ कती बैगुन सहनुपर्छ

  अस्मिता स्मृति प्रकाशित मिति :  902 पटक हेरिएको

कति गुन सहनुपर्छ कती बैगुन सहनुपर्छ
भन्नुस म एक अन्धो हुँ कति भनसुन सहनुपर्छ ?

कोटको मूल्य तोकिदिन्छ कालो कोट लाउनेले नै
भनिदिनुहोस् कहिलेसम्म यस्तो कानुन सहनुपर्छ ?

रहर हैन बाध्यताले परदेशिएको एक परदेशी हुँ
जानाजानी नसोध्नुहोस् कति पसिना खुन सहनुपर्छ ?

बिन्ती भट्टि मेरो बालाई सकुशल घर पठाईदिनु
मेरि आमाले नुन बिनाको तिउन सहनुपर्छ !!

कहिलेकाँही आकाश पनि म जस्तै लाग्छ मलाई
त्यसले पनि त चमक बिनाको जुन सहनुपर्छ।।

तपाईको प्रतिक्रिया