कुलोमा नुहाउँदै गर्दा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु: दाङ

प्रकाशित मिति :  387 पटक हेरिएको

काठमाडौं । दाङमा करेन्ट लागेर तीनजना बालबालिकाको मृत्यु भएको छ।

कुलोमा नुहाउँदै गरेको अवस्थामा पानीमा करेन्ट लाग्दा घोराही उपमहानगरपालिका १० उत्तर अमराईका १० वर्षीया बालिका रेणुका चौधरी, ८ वर्षीय बालक प्रशान्त चौधरी र ३ वर्षीय बालक अमृत चौधरीको मृत्यु भएको हो।

नजिकै एक घरमा मरेको मान्छेको शुद्धशान्तिका क्रममा कुलोबाट पानी तान्नलाई मोटर जोडेको अवस्थामा पानीमा करेन्ट प्रवाह हुँदा तीन बालिकाहरुको मृत्यु भएको दाङ प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

एकै गाउँका तीनजना बालिकालाई करेन्ट लागेर मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ।

तपाईको प्रतिक्रिया