बीपीमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु: सुनसरी

प्रकाशित मिति :  202 पटक हेरिएको

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा बुधबार बिहान थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बीपीको कोभिड अस्पतालमा सप्तरीको खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट रेफर भई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान पौने ११ बजे भर्ना भएका थिए ।

प्रतिष्ठानको कोभिड अस्पतालमा सिकिस्त अवस्थामा उपचाररत ती पुरुषको बुधबार विहान ६ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

मृतक पुरुषमा एक वर्षदेखि मृगौलाको समस्या रहेको र हप्तामा दुईपटक डायलासिस हुँदै आएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनले मृतकको शव व्यवस्थापन कार्य नियमअनुसार भइरहेको बताए ।

तपाईको प्रतिक्रिया