कांग्रेसका महामन्त्री कोइराला अस्पताल भर्ना

प्रकाशित मिति :  203 पटक हेरिएको

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई अस्पताल भर्ना गरिएको छ । भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै रहेका कोइरालालाई आज बिहान चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिएका छन् ।

तिवारीका अनुसार अत्यधिक ज्वरो आएपछि उनलाई अस्पताल लगिएको हो । उनको अहिले आइसियुमा राखेर उपचार भइरहेको तर ज्वरो कम भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया