दिवश बानियाँको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  660 पटक हेरिएको

साँचो माया गर्ने पागल हुन्छन भन्दा विश्वास लागेन
चिरा पर्छ छाती जल्छ यो मन भन्दा विश्वास लागेन

धनले प्रेम खरिद गरेको उदाहरण दियो यो शहरले
माया भन्दा पनि ठुलो हो धन भन्दा विश्वास लागेन

पत्थरमन पग्लिएर दिल दुखेछ एक्लो महसुस हुँदा
मेरो बिछोड पछि भयो मिलन भन्दा विश्वास लागेन

माया गरेपछि धोका बाहेक अरु के नै पाईन्छ यहाँ
मायाले गर्छ मायाको खण्डन भन्दा विश्वास लागेन

हिजो तेँरो हैसियत छैन मलाई माया गर्ने भन्नेले आज
तिमी मेरो मुटु तिमी नै धड्कन भन्दा विश्वास लागेन

तपाईको प्रतिक्रिया