अहिलेसम्मकै धेरै १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  290 पटक हेरिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ५ सय ३९ जनामा संक्रमण पुष्टि भएको बताए ।काठमाडौंमा ६५२, भक्तपुरमा भक्तपुरमा २५ र ललितपुरमा थप ६० जनामा संक्रमण पुष्टि भएको छ ।यो संगैं संक्रमितको संख्या ५८ हजार तीन सय २७ पुगेको छ । यो एकै दिन पुष्टि गरिएको सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४ सय ९४ जनाको नमुना परीक्षण गरिएको छ । ७ हजार ८ सय २० जना क्वारेन्टाइनमा रहेका छन् भने १६ हजार २४२ जना आइसोलेसनमा सक्रिय संक्रमित रहेका छन् ।

मंगलबार थप १ हजार ६८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ । अहिलेसम्म झन्डै ७१.५ प्रतिशत सङ्क्रमितहरू कोरोनामुक्त भएको सरकारी तथ्याङ्क छ।

यस्तै पछिल्लो २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ७९ पुगेको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । हाल आइसियूमा १७३ छन् भने भेन्टिलेटरमा २६ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया