प्युठानमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  225 पटक हेरिएको

प्युठान । प्युठानमा थप २१ कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा प्युठानका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

संक्रमितमध्ये जिल्लाको प्युठान नगरपालिकाका ९ जना, झिमरुक गाउँपालिकाका ७ जना, स्वर्गद्वारी नगरपालिकाका १ जना र सरुमारानी गाउँपालिकाका ४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

योसँगै प्युठानमा कोरोना संक्रमितको संख्या ४९६ पुगेको छ । जसमध्ये ४५२ जना डिस्चार्ज भएका छन भने २ जना संक्रमितको मृत्यु भईसकेको छ ।

तपाईको प्रतिक्रिया