प्रदीप रोदनको गजल: क्यै छैन रुन्छु फेरि यो आँसु खेर जाओस्

  अस्मिता स्मृति प्रकाशित मिति :  577 पटक हेरिएको

क्यै छैन रुन्छु फेरि यो आँसु खेर जाओस्!
जसले रुवाउँदैछ उसले पुछेर जाओस्!

जीवन बिताउँला म,सम्झेर एक छाँया,
मेरो शीतल म सङ्ग,एकछिन बसेर जाओस्!

ऊ जान पाउँदैन मैले कहाँ भनेर,
जो जान्छ एकचोटि जान्छु भनेर जाओस्!

ताप्छन् सबै बलेको आगो ठिकै छ के भो,
मेरो पुरै यो जीवन आगो फुकेर जाओस्!

धोका दिएर कोही छोडेर जान खोज्दा,
छोडेर देह, मनको ,पुतली उडेर जाओस्!

प्रदीप रोदन
गोरखा

तपाईको प्रतिक्रिया