सरस्वती भट्ट सरुका मुक्तकहरु:

  अस्मिता स्मृति प्रकाशित मिति :  750 पटक हेरिएको

मुक्तक -१
चुनौतीसँगैको अवसरलाई हेरेर बाँच्नु पर्छ जिन्दगी
रोएर आफैंलाई कमजोर वनाउनु किन हाँस्नु पर्छ जिन्दगी
संघर्षको यात्रा कठिन होला तर गन्तव्य सुन्दर पनि छ
थुँगा थुँगाबाट वन्ने आकर्षण माला जस्तै गाँस्नु पर्छ जिन्दगी

मुक्तक -२
चिसो हावा विर्साएर घर भित्रै थुनिस् समय
मानवको घमण्ड तोड्न खत्रै जाल बुनिस् समय
तेरो वहादुरि जाच्नको लागी परीक्षा लिदै गर्दा
स्वतत्र उढ्ने पक्षीलाई तिखो झिरमा उनिस् समय

तपाईको प्रतिक्रिया