मकवानपुरमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  259 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा आज थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जना पुरुष र १५ जना महिला गरि जम्मा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भदौ ३० गते संकलन गरिएको स्वाब परीक्षणमा आज ६० जनामा संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया