बार्सिलोनाको सहज जितमा मेस्सीको दुई गोल

प्रकाशित मिति :  284 पटक हेरिएको

एजेन्सी । नयाँ सिजनको तयारीमा रहेको स्पेनिस क्लब बार्सिलोनाले मैत्रीपूर्ण खेलमा सहज जीत हात पारेको छ ।

गएराति भएको खेलमा लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोनाले जिरोनालाई ३–१ ले पराजित गरेको हो ।

बार्सिलोनाबाट बाहिरिन चाहेपनि सफल नभएपछि मेस्सी गत साता मात्रै प्रशिक्षणमा फर्किएका थिए ।

मेस्सीले फिलिप कोन्टिन्होको गोलका लागि पनि पास उपलब्ध गराएका थिए । बार्सिलोनाले ला लिगामा आफ्नो नयाँ सिजनको सुरुवात अर्को साता भिल्लारियलविरुद्धको खेलबाट गर्ने छ।

तपाईको प्रतिक्रिया