नेपालमा थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  391 पटक हेरिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ५०७, भक्तपुरमा ५० र ललिपतुरमा थप ६१ जनामा संक्रमण पुष्टि भएको छ । तीन महिला र एक पुरुष गरी थप चार जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा थप १०,६४१ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ७८८३ जना रहेका छन् । आइसोलेसनमा १६,२४१ जना सक्रिय संक्रमित रहेका छन् ।

बिहीबार थप १,२४३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४२,९४९ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा १८२ जनाको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया