बिमला दाहालको गजल: मन दुखे पनि मुटु दुखे पनि ठीक भैहाल्छ

  अस्मिता स्मृति प्रकाशित मिति :  514 पटक हेरिएको

मन दुखे पनि मुटु दुखे पनि ठीक भैहाल्छ
आधुनिक्तामा उपचार आधुनिक भैहाल्छ

मेहनतको फल मिठो हुन्छ त्यसै भनिएन
मेहनत गरे मजदुर पनि मालिक भैहाल्छ

दुई मित्रहरू बीच छुरी हानाहान चलेको छ
यहि सम्बन्ध एकछिन पछि नजिक भैहाल्छ

त्यही मान्छे हिंसा फैलाउँछ, मारकाट गर्छ
त्यही मान्छे मन्दिरमा पुगे धार्मिक भैहाल्छ

उ एकछिन रिसाईदियो म पनि रिसाईदिन्छु
एकछिन नजर मिलाए आसिक भैहाल्छ

तपाईको प्रतिक्रिया