इटालियन क्लब एसी मिलानले युरोपा लिगको दोस्रो चरणको छनोटमा जीत

प्रकाशित मिति :  194 पटक हेरिएको

एजेन्सी । इटालियन क्लब एसी मिलानले युरोपा लिगको दोस्रो चरणको छनोटमा जीत हात पारेको छ ।

गएराति भएको खेलमा मिलानले आयरल्याण्डको सामरक रोभर्सलाई २–० ले पराजित गरेको हो ।

डब्लिन भएको खेलमा मिलानलाई जीत दिलाउन ज्लाटन इब्राहिमोभिच र हकान कलहानोग्लुले एक एक गोल गरे ।

मिलानले खेलको २३ औं मिनेटमा इब्राहिमोभिचको गोलबाट अग्रता बनाएको थियो । खेलको ६७ औं मिनेटमा कलहानोग्लुले गोल गर्दै मिलानलाई २–० को जीत दिलाए ।

यस्तै, इंग्लिस क्लब टोटेनहमले पनि लोकोमोटिभ प्लोभडिभलाई २–१ ले पराजित गरेको छ ।

टोटेनहमको जितमा ह्यारी केन र टान्गी एनडोम्बेलेले एक एक गोल गरे । ९ खेलाडीमा सीमित भएको लोकोमोटिभका जिओर्जी मिन्चेभले एक गोल फर्काए ।

तपाईको प्रतिक्रिया