पहिरो खसेर सडक ढाक्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

प्रकाशित मिति :  268 पटक हेरिएको

काठमाडौं । माथिबाट झरेको पहिरोसँगैको लेदोले सडक ढाक्दा नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा सडक अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ ।

पहिरोसँगै झरेको लेदोले करिब १०० मिटर सडक ढाकेको उहाँले जानकारी दिनुभयो । पहिरो पन्छाउन तीन घण्टासम्म लाग्नसक्ने भट्टको अनुमान छ ।

पहिरोका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ ।

तपाईको प्रतिक्रिया