पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

प्रकाशित मिति :  361 पटक हेरिएको

काठमाडौं । आज बिहानदेखि नै अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

लेदो सहितको पहिरो खस्दा अवरुद्ध सडक विहान १० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।

चितवन भरतपुर–२९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा पहिरो खसेको छ ।

पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड दैनिकजसो अवरुद्ध हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया