हेटौंडामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

प्रकाशित मिति :  210 पटक हेरिएको

मकवानपुर । मकवानपुरको हेटौंडामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं २ चौकिटोलका ७६ बर्षिय पुर्णबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

बिहीवार राती भैंसेबाट हेटौंडा तर्फ जाँदै गरेको ना ६४ प ५३०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

श्रेष्ठको उपचारको क्रममा हेटौंडा स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया