चितवनमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  272 पटक हेरिएको

काठमाडौं । चितवनमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा एकजना र अर्का एकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा सर्लाहीको हरिपुर गाउँपालिकाका ५५ वर्षीय पुरुषको आज बिहान १० बजे मृत्यु भएको हो ।

अस्पतालद्वारा जारी सूचनामा मिर्गाैलाको डायलासिस गरिरहेका उनको यही भदौ १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको खोकीसँगै स्वाशप्रस्वासमा समस्या देखिएपछि भदौ २३ गतेदेखि कोभिड–१९ सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालका अनुसार नवलपुरको देवचुली नगरपालिका–११ निवासी ३१ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया