बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

प्रकाशित मिति :  348 पटक हेरिएको

काठमाडौं । बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा उपचारक्रममा बुटवल उपमहानगरपालिका वार्ड नम्बर १० का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गत भदौ २२ गते अस्पतालमा भएका उनलाई २२ गतेदेखी नै आईसियुमा राखेर उपचार गर्दागर्दै आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

उनलाई कुनै दीर्घरोग नभएको अस्पतालले जनाएको छ । उनको शव व्यवस्थापन सेनाले गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया