आइपीएलको उद्घाटन खेलमा आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स खेल्ने

प्रकाशित मिति :  300 पटक हेरिएको

काठमाडौं । १३ औँ सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजबाट सुरु हुँदैछ । भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकाले यो पटक आईपीएल यूएईमा हुन लागेको हो ।

उद्घाटन खेलमा आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स खेल्ने छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि आबुधाबीस्थित शेख जायद रंगशालामा सुरु हुनेछ ।

आईपीएलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो संस्कण खेल्दै छन् । उनी यो पटक पनि दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका हुन् । सन्दीपआवद्ध दिल्लीको पहिलो खेल भोलि किंग्स इलावेन पञ्जाविरुद्ध छ ।

तपाईको प्रतिक्रिया