भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष राईको निधन

प्रकाशित मिति :  293 पटक हेरिएको

काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको शुक्रबार राति निधन भएको छ ।

हतुवागढी- ४ फलामढुङ्गाकी ४७ वर्षीया उपाध्यक्ष राईको शुक्रबार राति न्युरो अस्पताल विराटनगरमा निधन भएको हो ।

नेकपा जिल्ला सचिवालय सदस्य रहेकी राईलाई सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान हुँदै न्युरोमा ल्याइएको थियो ।

२९ भदौमा ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचारका लागि भर्ना भएकी राईमा जन्डिस र रक्तचापको कमी देखिएपछि उनलाई १ असोजमा प्रतिष्ठानमा ल्याइएको थियो ।

प्रतिष्ठानबाट न्युरोमा ल्याएर उपचार गर्ने क्रममा उनको मृत्युु भएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम थुलुङ राइले जानकारी दिए ।

तपाईको प्रतिक्रिया