कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

प्रकाशित मिति :  287 पटक हेरिएको

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणपछि स्वास्थ्य अवस्था जटिल बन्दा ओम अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज भएका हुन ।

कोइराला डाक्टरको सल्लाह अनुसार केहिदिन घरमै आइसोलेशनमा बस्ने सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन ।

कोइरालालाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।

 

तपाईको प्रतिक्रिया