मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु: मकवानपुर

प्रकाशित मिति :  447 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको मनहरी गाउँपालिका वडा नं-९ रजैयामा आज मिनिबस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं ७ का २९ वर्षीय दिपेन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनिबस र हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मिनिबस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

तपाईको प्रतिक्रिया