नेपालमा थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  257 पटक हेरिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २ सय ४ जनामा संक्रमण पुष्टि भएको हो ।काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका छन ।

कोरोना संक्रमण निको भई शनिबार थप १ हजार ४ सय ४७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४५ हजार २ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा १ सय ७९ र भेन्टिलेटरमा ३५ जनाको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ । मन्त्रालयका अनुसार आज ७ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया