प्युठानमा आज थप नौजनामा कोरोना संक्रमण पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  185 पटक हेरिएको

प्युठान। प्युठानमा शनिवार थप नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा प्युठानका थप नौजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो ।

संक्रमितमध्ये जिल्लाको गौमुखी गाउँपालिकाका ५ जना, झिमरुक गाउँपालिका ३ जना र स्वर्गद्वारी नगरपालिकाका १ जना गरि थप नौजनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

योसँगै जिल्लामा सक्रिय संक्रमित जम्मा ४६ जना छन भने, कुल संक्रमितको संख्या ५०६ पुगेको छ ।

त्यसमध्ये कोरोना संक्रमणका कारण प्युठानमा यस अघि दुईजनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया