सिजनको पहिलो खेलमा नै म्यान्चेस्टर युनाइटेड पराजित

प्रकाशित मिति :  249 पटक हेरिएको

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड पहिलो खेलमा नै पराजित भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड क्रिष्टल प्यालेससँग ३–१ ले पराजित भएको हो ।

क्रिष्टल प्यालेसले भने लगातार दोस्रो जीत हात पारेको छ । सातौँ मिनेटमा एन्ड्रोस टोसुन्डले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ७४ औँ मिनेटमा पाएको पेनाल्टीमा विल्फ्रेड जाहाले गोल गर्दै क्रिष्टल प्यालेसको अग्रता दोब्बर बनाए । युनाइटेडका लागि ८० औं मिनेटमा डोनी भान डी बीकले एक गोल फर्काए ।

खेलको ८५ औँ मिनेटमा जाहाले व्यक्तिगत दोस्रो गोल गरेपछि क्रिष्टल प्यालेस ३–१ ले विजयी भयो ।

तपाईको प्रतिक्रिया