अनशनरत डा.केसीलाई मध्यरातमा अस्पतालमा सारियो

प्रकाशित मिति :  260 पटक हेरिएको

काठमाडौं । जुम्लामा सत्याग्रह सुरु गरेका डा.गोविन्द केसीलाई शनिबार मध्यरात कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सारिएको छ ।

डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि मध्यरात कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको हो ।

डा.केसीले अस्पताल भर्ना हुन नमानेपनि स्थानीय प्रशासनले सत्याग्रह बसिरहेको धर्मशालाबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा.प्रविण गिरी, डा.अनुपमंगल समाल र सविता थापासहितको टोलीले डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको तत्काल अस्पतालमा सार्नुपर्ने सुझाव दिएको थियो ।

डा.केसीको छाती दुख्ने, श्वासप्रश्वासमा समस्या, पिसावको मात्रा कमी, मुटुको चाल बढेको, मांसपेसी बाउडिने र रिगंटा लाग्ने समस्या देखिएको चिकित्सकले बताएका छन् ।

डा. केसीले २९ भदौंदेखि जुम्ला चन्दननाथ–६ को रानीचौर मन्दीरको धर्मशालामा सत्याग्रह सुरु गरेका थिए ।

तपाईको प्रतिक्रिया