“गर्ल्स पावर” ग्रुपद्वारा सिन्धुपाल्चोक पहिरो पीडितलाई सहयोग

प्रकाशित मिति :  209 पटक हेरिएको

काठमाडौं । बाह्रबिसे नगरपालिका–७ नागपुजे, भिमखर्क र च्याङ्सारका पहिरो पीडितलाई “गर्ल्स पावर” नामक ग्रुपले सहयोग गरेको छ ।

पहिरोबाट प्रभावित ठाउँमा पुगेर गर्ल्स पावर टिमका काभ्रे जिल्ला संयोजक सर्मिला थिङ तामाङ, काठमाडौ जिल्ला संयोजक सन्ध्या सुस्केरा र सिन्धुपाल्चोक जिल्ला संयोजक सिम्रन मोक्तान तामाङद्वारा पहिरोपिडितलाई महिलाहरुका लागि अत्ति आवश्यक सामाग्रीहरु बाह्रबिसे नगरकि उपमेयर सुशिला पाख्रीनलाई हस्तान्तरण गरिएको हो।

ग्रुपले विशेष महिला दिदिबहिनीहरुलाई प्राथमिकता दिदै महिलाहरुका लागि अत्ति आवश्यक महिनावारी समयमा प्रयोग गर्ने मिन्स प्याड २ सय १० पिस, बालबालिकाको निम्ति प्रयोग हुने कपडा १ सय ३२ पिस र बाहिर प्रयोग गर्ने सेट कपडा ५९ पिस, आमाहरुको लागि पस्मिना, भित्री तथा बाहिरी वस्त्र महिलाहरुको निम्ति, सुत्केरी महिलाहरुको लागि पेडेक्स प्याड,स्याम्पु,साबुन,मास्क लगायत का सामाग्री वितरण गरेको छ ।

पहिरोको घटना थाहा पाउनसाथ सामाजिक सन्जाल मार्फत संचालित “गर्ल्स पावर” ग्रुपमा आवद्ध विदेश तथा स्वदेशमा रहेका महिला दिदिबहिनीहरु मिलेर राहत अभियान थालेका थिए । यसअघि पनि धेरै कार्यक्रम संचालनमा गर्दै आएको ग्रुपले अब फेरी केही जिल्लाहरुमा मास्क वितरण गर्ने तयारी गरि रहेको छ । गत भदौ २८ गते राति गएको पहिरोमा परेर १६ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया