आज आइतबार सुनको मूल्य, प्रतितोला कति?

प्रकाशित मिति :  357 पटक हेरिएको

काठमाडौँ । आइतवार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको भाउमा गिरावट आएको छ ।

आज प्रतितोला छापावाला सुन ९७ हजार रुपैयाँ र तेजाबी सुन ९६ हजार ५०० रुपैयाँ तोकिएको छ । सुनको भाउ शुक्रवार र शनिवार स्थिर रहेको थियो। भने विहिबार ९ सय रुपैयाले घटेको थियो । यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।

गत मंगलबार सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको थियो। यो वृद्धिसँगै मंगलबार प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ थोरै घटेको छ । प्रतितोला १ हजार ३१५ रुपैयाँमा चाँदी कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया