कविता विश्वकर्माको कविता: “म शीतल छहारी”

  अस्मिता स्मृति प्रकाशित मिति :  1119 पटक हेरिएको

म शीतल छहारी
आफू पोलिएर पनि शीतलता त दिएझैँ लाग्थ्यो!
आफू जलेर पनि आफ्नालाई शीतलता दिँदादिँदै
शीतलता त लिए सबै म जलिरहेकै थिएँ
जलेकै माथि झन् जलाइ रहेछन !

म सोचिरहन्थेँ सदासर्वदा आफू जलेर के भो र!
मन्दमन्द भई शीतलता त दिएकै थिएँ
तर यो मेरो भ्रम मात्रै रहेछ
भ्रमित भई बाँचिरहेछु।!

म आफू रित्तिएर पनि
आफ्नालाई भरिपूर्ण पारिरहेछु जस्तो लाग्थ्यो
म आफ्ना सपनालाई थाँती राखेर
अरुकै सपना साकार पारिदिदैरहेछु जस्तो लाग्थ्यो
तर आफ्नालाई त यो केही होइन रहेछ!

आफ्नालाई आफ्नै सम्झिए पनि
आफ्नाले त सधैं पराई सम्झिरहेछन्
खै किन हो झन् झन् टाढा गइरहेछन्
म शीतल छहारी सधैं एक्लै भएको छु!!!

कविता विश्वकर्मा
काभ्रेपलाञ्चोक पाँचखाल-१
हाल काठमाडौं।

तपाईको प्रतिक्रिया