भेरी अस्पतालमा कोरोना संक्रमित एक कैदीको मृत्यु

प्रकाशित मिति :  223 पटक हेरिएको

काठमाडौं । बाँकेको भेरी अस्पतालमा कोरोना भाइरस संक्रमित एक कैदीको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ४, सहारेका ५८ वर्षीय कैदीको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

कर्तव्य ज्यान मद्दामा कारागारमा सजाए भुक्तानी गरिरहेका उनको भदौ २१ गते स्वाव लिइएको थियो । त्यही दिन साँझ उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । २२ गते भर्ना भएका उनको सोमबार बिहान ६ बजेर २५ मिनेटमा उपचार गर्दा गर्दै मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया