‘प्रसिद्ध आरोही ‘हिउँ चितुवा’ आङरिता शेर्पाको निधन

प्रकाशित मिति :  192 पटक हेरिएको

काठमाडौं । ‘प्रसिद्ध आरोही ‘हिउँ चितुवा’ आङरिता शेर्पाको निधन भएको छ ।

बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका ‘हिम चितुवा’ उपनामले विश्वभर चर्चित हिमाल आरोही आङरिता शेर्पाको ७२ वर्षको उमेरमा निधन भएको हो ।

सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए । उनले बिना अक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

करिब ३ वर्षदेखि बिरामी भएर घरमै बस्दै आएका शेर्पाको सोमबार बिहान १० बजे आफ्नै निजि निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया