काठमाडौंमा ५३८ सहित १,१५४ मा कोरोना पुष्टि, थप १६ को मृत्यु

प्रकाशित मिति :  239 पटक हेरिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि भएको बताए । काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा थप ६२ जनामा संक्रमण पुष्टि भएको छ ।यो संगै संक्रमितको ६५ हजार २ सय ७६ पुगेको छ ।

यस्तै, नेपालमा कोरोना भाइरस संक्रमणबाट ३ महिला र १३ पुरुष गरी १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना रहेका छन भने
होम आइसोलेसनमा ८ हजार ६ सय ९० जना होम आइसोलेसनमा रहेका छन ।

आज आइसियुमा १ सय ९६ र भेन्टिलेटरमा ३१ जना उपचाररत रहेका छन ।
आज देशभरी १ हजार ५ जना संक्रमित डिस्चार्ज भएका छन । आजसम्म ४७ हजार २ सय ३८ जना संक्रमित डिस्चार्ज भएका छन ।

तपाईको प्रतिक्रिया