अतित आचार्य: हुँदैन साँचाे प्रेम सफल भन्नेहरु भेटिन्छन

  अस्मिता स्मृति प्रकाशित मिति :  507 पटक हेरिएको

सद्दे मानिसलाईसमेत पागल भन्नेहरु भेटिन्छन
सानाे खरकाे झुपडीलाई महल भन्नेहरु भेटिन्छन,

भएकाे हुनसक्छ विश्वासघात उनीहरुमाथि आफ्नाबाट नै
स्वार्थी लाग्छ दुनियाँ आजकल भन्नेहरु भेटिन्छन ,

अविरल आँसुका थाेपाहरुले निथ्रुक्क परेला भिजाउँदा
सुहाउदैन तिम्रा आँखामा गाजल भन्नेहरु भेटिन्छन,

हात्तीलाई साना कमिलाले हराएकाे मैदान नजिक
बुद्दिभन्दा ठुलाे हुन्छ बल भन्नेहरु भेटिन्छन,

मनदेखि माया गरेर धाेखा खानेहरुकाे भिँडमा
हुँदैन साँचाे प्रेम सफल भन्नेहरु भेटिन्छन ।

अतित आचार्य
देवचुलि-१३ ,नवलपरासि

तपाईको प्रतिक्रिया