इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरुवात

प्रकाशित मिति :  264 पटक हेरिएको

एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

गएराति नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले वुल्भ्सलाई ३–१ ले पराजित गरेको हो ।

उल्भ्सको मैदानमा भएको खेलमा सिटीका लागि २० औँ मिनेटमा पाएको पेनाल्टीमा केविन डी ब्रुयनले गोल गरी सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३२ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको पासमा फिल फोडेनले गोल गर्दै अग्रता दोब्बर पारे ।

उल्भ्सका लागि ७८ औँ मिनेटमा राहुल जेमिनेजले एक गोल फर्काए । इन्जुरी समयको ५ औं गाब्रिएल जिससले गोल गरेपछि म्यानचेस्टर सिटी ३–१ ले विजयी भयो ।

गएराति नै भएको खेलमा एस्टन भिल्लाले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ ।

तपाईको प्रतिक्रिया