सुशान्तको मृत्युपश्चात बलिउडका विभिन्न मुद्दाहरु सार्वजनिक, ड्रग्समा जोडियो दीपिकाको नाम

प्रकाशित मिति :  275 पटक हेरिएको

काठमाडौं । नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बलिउडका विभिन्न मुद्दाहरु सार्वजनिक भैरहेका छन् ।

नेपोटिज्मबाट सुरु भएको छानविन अहिले ड्रग्सको मुद्दामा पुगेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सकै मुद्दामा जेलमा छिन् ।

उनीमाथि लागेको आरोपको छानविन चलिरहेको छ । यसैविच, नायिका दीपिका पादुकोणको नाम पनि यो मुद्दामा जोडिएको छ ।

नायिका दीपिका पादुकोणले आफ्नी म्यानेजरसँग ड्रग्स मागेको मेसेज एनसीबीको टिमसम्म पुगेको छ । एनसीबीले दीपिकाकी म्यानेजरसहित ४ जनालाई आज सोधपुछका लागि बोलाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

दीपिकाले आफ्नी म्यानेजर करिश्मा प्रकाशसँग ड्रग्स मागेको मेसेज बाहिरिएको हो । म्यासेजमा दीपिकाको कोडनेम ‘डी’ र करिश्माको कोडनेम ‘के’ प्रयोग गरिएको भारतीय मिडियाको दाबी छ ।

दीपिकाको नाम सार्वजनिक भएसँगै नायिका कंगना रनावतले उनी ड्रग्स सेवन गरेकै कारण डिप्रेशनमा पुगेको भन्दै ट्विट गरेकी छिन् । अनलाइनखबर

तपाईको प्रतिक्रिया