संवैधानिक निकायका रिक्त पदमा पदपूर्ति गर्न सरकारलाई नेकपाको आग्रह

प्रकाशित मिति :  243 पटक हेरिएको

काठमाडौँ । सत्तारुढ नेकपाले संवैधानिक निकायका रिक्त पदमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ ।

नेकपाको मंगलबार बसेको सचिवालय बैठकले संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको जानकारी दिए ।

उनले कुन पदमा कसलाई पठाउने भन्ने विषयमा भने बैठकमा छलफल नभएको बताए । यसअघि प्रधानमन्त्री र विपक्षी दलका नेताबीच संवैधानिक परिषद्को बैठक राखेर संवैधानिक निकायमा पदपूर्ति गर्ने सहमति भएको थियो । बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिएको छ ।

त्यसपछि सचिवालय बैठकमा छलफल हुनेछ । बैठकले यसअघि नै नेताहरुसँगको परामर्शमा मन्त्रिपरिषद् पुनगर्ठनको जिम्मा प्रधानमन्त्री ओलीलाई दिएको छ । यसैका आधारमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल मन्त्रिपरिषद् पुनगर्ठनको तयारीमा समेत जुटेका छन् ।

तपाईको प्रतिक्रिया