मकवानपुरको मनहरीबाट १०४ किलो गाँजासहित तीनजना पक्राउ

प्रकाशित मिति :  387 पटक हेरिएको

मकवानपुर । मकवानपुरको मनहरीबाट अबैध लागूऔषध गाँजा सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान प्रहरी चौकी सुनाचुरिबाट प्रहरी सहायक निरीक्षक हिरालाल श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलिले विशेष सूचनाको आधारमा मनहरी गाउँपालिका वडा नं ६ स्थित लोथर खोलाको बगरबाट प्लास्टिकको बोरामा १०४ किलो गाँजा सहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका वडा नं ९ का २६ बर्षिय रुप खड्का ठकुरी , सोही ठाँउका ३० वर्षीय टलक बहादुर घलान, र २७ वर्षीय मदन कोइराला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनीहरू माथि थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाइएको छ l

तपाईको प्रतिक्रिया