आज १२ सय रूपैयाले घट्याे सुन, प्रतितोला कति?

प्रकाशित मिति :  230 पटक हेरिएको

काठमाडौं । बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा १२ सय रूपैया घटेर ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

बुधबार चाँदीको मूल्य पनि घटेर तोलामा ११९० मा कारोबार भएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया